मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा

१७ पुष २०८१ (३ हप्ता अघि)

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ ।

आइतबार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको थियो भने आईतबार राति नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो। बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जका ४ वटा हात्ति प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् । उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ।

 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस