मन्त्रालयको नाम ‘वन वातावरण तथा जलवायु परिवर्तन’राख्ने प्रक्रिया अघि बढ्यो

वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु
२७ पुष २०८१ (२ हप्ता अघि)

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको जानकारी दिएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तन सरोकार सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको, कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको, स्वीडेन र नेपालबीच सम्झौता भइसकेको जानकारी गराए ।

उनले भने,‘ कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको स्वीडेन र नेपालबीच सम्झौता भइसकेको छ ।                                  

संस्थागत सुधारमा मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको छ ।’

त्यस्तै उनले समग्र आर्थिक वृद्धिलाई वातावरणीय संरक्षणसँग सन्तुलनमा राखेर जलवायु परिवर्तनलाई सम्बोधन गर्दै जलवायुमैत्री विकास गर्न सम्भव रहेको बताए । उपलब्ध अवसरहरु र दक्ष प्रविधिको प्रयोग गरेर नेपालले अन्य देशहरुले गरेको जस्तै गल्ति नदोहाेर्याई स्वच्छ र दिगो बाटो अनुसरण गर्न सकिने विश्वास व्यक्त गरे ।

विद्युतीय सवारी साधनको प्रयोग गर्न देउवाको सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले सबैभन्दा बढि ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन रहेको बताए । जलवायु परिवर्तनको समस्या समाधानका लागि पेट्रोल ,डिजेलको प्रयोग कम र विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

 

उनले भने,‘नेपालले सबैभन्दा बढि ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो । यसले गर्दा आज हिमालहरु पग्लिएका छन् । । हिमालयमा पनि हिउँ नै छैन् अहिले । त्यसैले विस्तारै नेपालमा धेरै समस्याहरु आउन सक्छ । डिजेल पेट्रोलको प्रयोग नेपालमा अत्याधिक भइरहेको छ । त्यसले धेरै समस्या पारेको छ । त्यसैले नेपालमा इलेक्ट्रीक भेकलहरुको प्रयोग जस्ता धेरै कुराले जलवायु परिवर्तनलाई रोक्न सक्छौं । काठमाडौंमा मात्र पनि इलेक्ट्रीक भेकलहरुको प्रयोग बढाउन सक्यौं भने धेरै मद्दत पुग्ने छ ।’

अन्तिम अध्यावधिक: २७ पुष २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस