विपद् विरुद्ध काठमाडौँ महानगरको तयारी : दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’

२९ पुष २०८१ (१ हप्ता अघि)

काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्र कुमार भुजेलले बताए ।

उनले भने, ‘साँघुरा गल्लिहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्र्तगतका बजेटहरुबाट फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल जान सक्दैन । जसले आगलागि हुँदाखेरी आगो निभाउका निम्ती पानिको अत्यन्त आवश्यक हुन्छ । पानिलाई निकाल्नको निम्ती ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’

साथै उनले आगो  निभाउनका लागि धेरै गल्लिहरुमा ड्राइ राइजर राखिएको  बताए ।  उनले वडा नं। १२, , , १५ मा यो भन्दा अगाडि नै  राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए  ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ ।  दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।

अन्तिम अध्यावधिक: २९ पुष २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस