जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो : यादव

३ माघ २०८१ (६ दिन अघि)

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका छन् ।

राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘२०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा खास गरेर मुहानहरुमा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण अवस्थामा पुगेको छ । तराई मधेशको कुरा गरौं,जहाँ मेरो घर हो । त्यहाँ डेढ फिटमा पानी आउँथ्यो । तर अब हाम्रा मुहानहरु सुक्दै गएका छन् । तर ती मुहानलाई पनि फेरि सञ्चालनमा ल्याउन सकिने विज्ञहरुको सुझाब छ ।’

मन्त्री यादवले भुकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गगर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले भने,‘ भुकम्पीय जोखिम न्यूनीकरणको लागि व्यवस्थित बस्ती र सहरीकरणको अवधारणालाई लागू गर्न आवश्यक छ । अनैतिक सहरीकरणले भुकम्प जस्ता प्राकृतिक प्रकोपको प्रभाव बढाउछ र आपतकालिन समयमा गम्भिर समस्या निम्ताउँछ । प्राकृतिक नियम र इन्जिनियरको सिद्धान्त विपरित हचुवाको भरमा गरिने भौतिक संरचनाको बिकासमा पूर्णरुपमा रोक लगाउनुपर्छ र प्राविधिक परीक्षण अनिवार्य रुपमा गरिनुपर्छ ।’

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस