आजको मौसमः यी स्थानमा हिमपातको सम्भावना

१३ फागुन २०८१ (२ महिना अघि)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

यस्तै,आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस