मौसम पूर्वानुमान : अधिकांश भूभागहरूमा मौसम सफा रहने

१९ फागुन २०८१ (२ महिना अघि)

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ ।  शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो।

आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ ।

आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने  र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस