वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै

२ बैशाख २०८२ (४ दिन अघि)

काठमाडौं । काठमाडौंकोे वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ । पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो ।  वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौं अझैपनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउँछन् ।

उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएतापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताएका हुन् ।

उनले भने,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौं ३० नम्बरमा छ । पानी पर्यो । हावाहुरी लाग्यो । त्यसकारण पनि सुधार भएको छ । तर फेरी प्रदुषण बढ्ने सम्भावना छ । अब झन मौसम सुख्खा हुन्छ । अब पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गढबढ भइरहन्छ । यो अप्रिल महिनाभर चाँही एक नम्बरमा झर्ने सम्भावना रहि नै रहन्छ ।’

त्यस्तै उनले वायु प्रदुषण कम गर्ने की नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताए ।
उनले भने,‘वन डढेलाहरु धेरै मानवहरुको गल्तीले पनि हुने गर्छ । यसले गर्दा प्रदूषण बढ्ने । त्यसैले घटाउने कि बढाउने मानव क्रियाकलापमा पनि निर्भर रहने कुरा हो ।’

 

अन्तिम अध्यावधिक: ३ बैशाख २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस