जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते

८ बैशाख २०८२ (५ दिन अघि)

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित नारायणी सामुदायिक वनमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्।

सोमबार बिहान घाँस काट्न गएकी ४६ वर्षीया पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

घाइते तामाङको हाल कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस