सगरमाथा संवादको शुभारम्भकै बेला एनडीसी–३.० प्रकाशित गर्ने तयारी

८ बैशाख २०८२ (५ दिन अघि)

काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरुमा छलफल गरेर अगाडि बढाइसकेको बताएका छन् ।

जलवायु  परिवर्तन, न्यायोचित रुपान्तरण र जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) ३.० बारे नीति संवादमा बोल्दै उनले सरोकारवाला र सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताएका हुन् ।

उनले भने, ‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक र अधिकारका लागि आफ्नो स्थापना कालदेखि आजसम्म अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जो बनाइरहेको छ यसमा सम्पूर्ण सबै  सरोकारवाला र सबैको राय सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरु र निकायहरुमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौं ।’

साथै उनले नीति संवादमार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गरिने बताए  । उनले  सबैको  अपनत्व हुने  किसिमले एनडिसी तयार हुने बताए ।

उनले भने, ‘आजको कार्यक्रममार्फत आएका सुझावहरुलाई पनि एनडिसीमा समावेश गर्छ । सबैको साझा र विशेषगरी सबैको अपनत्व  हुने किसिमले एनडिसी तयार हुनेछ ।  बिशेषगरी देशमा श्रमिकको क्षेत्र अत्यन्तै बढी छ यसलाई अनुकुलन बनाउँदै सन् २०४५ सम्ममा कार्वन उत्सर्जनलाई जिरोमा पुर्याउने महत्वकांक्षी लक्ष्य छ ।’

अन्तिम अध्यावधिक: ८ बैशाख २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस