फोहोर प्लाष्टिकको सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालिम सम्पन्न

१२ बैशाख २०८२ (१ दिन अघि)

काठमाडौँ । एकीकृत शहरी विकास (सी.आइ.यू.डी.) द्वारा कीर्तिपुर नगरपालिका, महिला प्लाष्टिक रिसाइक्लि केन्द्र र निजी फोहोर व्यवस्थापन कम्पनीहरूलाई लक्षित गरि फोहोर प्लाष्टिकको सूचना व्यवस्थापन प्रणाली प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । फोहोर प्लाष्टिकको उचित व्यवस्थापन गर्ने हेतुले कीर्तिपुर नगरपालिकामा त्यसको सूचना व्यवस्थापन प्रणाली (पी.डब्लू.आइ.एम.एस.) डाटाबेस प्लाष्टिकको तथ्याङ्क संकलन तथा डिजिटल डाटा रेकर्ड गर्ने र त्यस डाटाबाट सूचना प्राप्त गर्ने विकसित प्रविधि हो ।

पी.डब्लू.आइ.एम.एस. एक डिजिटल प्लेटफर्म हो, जसले फोहोर प्लाष्टिकलाई ट्रयाक मद्दत गर्दछ । यो विभिन्न प्लाष्टिक फोहोर उत्पादन, वर्गिकरण, रिसाइक्लिङ तथा बिक्रीको डाटा रेकर्ड गर्न गरीएको डिजाइन प्रविधि हो । यस प्रणालीको उद्देश्य डाटाको पारदर्शिता, जिम्मेवारी र प्लाष्टिक फोहोर व्यवस्थापन प्रक्रियामा न्यूनिकरण गर्न सघाउने हो ।

कार्यक्रमको पहिलो सत्रमा इनोभेटिभ सोलुसनकी कार्यक्रम अधिकृत आइरिसा श्रेष्ठले उक्त प्रविधिको प्रस्तुति गरेकी थिइन् । डेटाबेस सिस्टममा तथ्याङ्क राख्नको लागि नगरपालिका, निजी क्षेत्र तथा महिला उद्यमीहरुको लागि छुट्टा छुट्टै लगइन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस अन्तर्गत सामुदाय स्तरबाट संकलन भएको प्लाष्टिक फोहरको तौल, प्लाष्टिकको स्रोत, प्लाष्टिकको प्रकार, पुनःचक्रबाट उत्पादित सामाग्रीहरुको तथ्याङ्क, आम्दानी आदी डेटाबेस प्रणालीमा राख्न मिल्ने हुँदा रिर्पोटिङमा सहज हुन्छ । यस प्रविधिबाट फोहोर प्लाष्टिक श्रोतको कसरी व्यवस्थापन गरिएको छ भन्ने डाटा ड्यासबोर्डमा प्रसारण गर्ने कार्य गर्दछ ।

कीर्तिपुर नगरपालिका विभागिय अधिकृत तथा प्लिज परियोजनाका ज्ञानबज्र मर्हजनले यस प्रविधिको मुख्य सर्भर कीर्तिपुर नगरपालिकाको वातावरण विभागको अधिनमा रहने जानकारी दिए । साथै उनले कीर्तिपुर नगरपालिकाले सबै निजी संगठनहरूको रेकर्ड ट्रयाक गर्ने र कीर्तिपुर नगरपालिका भित्रमा संकलन गरिएको प्लाष्टिकको उचित वर्गीकरण साथै स्रोत विभाजन, तौल तथा मूल्यहरुको रियल डेटा संरक्षण गर्ने जानकारी दिए ।

त्यस्तै, पदम थापाले निजी फोहोर संकलन कर्ताले फोहर प्लाष्टिक रिसाइकलिङ गर्न तथा व्यवस्थापनमा छिटो छरिटो गर्नमा मद्दत हुने हुनाले प्राइभेट कम्पनीबाट सहयोगी भुमिका खेल्दै कम मूल्य र उच्च–मूल्यमा रिसाई क्लिङ गर्ने फोहर प्लाष्टिकको वर्गीकरण अनुसार वजन सहित डाटा व्यस्थापनमा ध्यान दिदै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस प्रविधिको मुख्य लक्ष्य फोहर प्लाष्टिक संकलन, वर्गिकरण र पुनः प्रयोगिएको सही जानकारीको लागि वास्तविक–समयमा डाटा प्रविष्टि सुनिश्चित गरी जानकारी सम्प्रेशन गने, डाटा ट्र्याक गर्न मद्दत गर्ने र प्लाष्टिक संकलन संगै डिजिटल ड्यासबोर्ड मार्फत बेचिएको उत्पादनहरूको समेत जानकारी प्रदान गर्दै सूचना सम्प्रेषण गर्दछ ।

उत्त कार्यक्रममा अठार जना सहभागीहरूले डिजिटल डाटाबेस प्रशिक्षण लिएका थिए । कीर्तिपुर नगरपालिका, कीर्तिपुर समुदाय र विभिन्न कीर्तिपुरकै निजी फोहर संकलन तथा व्यवस्थापनमा कार्यरत व्यवसायीहरुबाट भाग लिएका थिए ।

अन्तिम अध्यावधिक: १२ बैशाख २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस