जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तनलाई बुझाउँछ । जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको हो। यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ।
भूमण्डलीय उष्मीकरण (Global warming) भनेको धेरै वर्षमा अभिलेख गरिएको पृथ्वीको तापमानमा भएको वृद्धि हो।
पृथ्वीको तापमान गत १५० बर्षमा मानव गतिविधिका कारण १ डिग्रीले बढेको छ। पृथ्वीको वायुमण्डलका केही ग्याँसहरू जस्तै हरितगृह ग्याँसहरू ( कार्बनडाइअक्साइड, मीथेन आदि ) ले ताप पृथ्वीबाट बाहिर निस्कन रोक्दछ। यी ग्याँसहरू प्राकृतिक रूपमा नै वायुमण्डलमा हुन्छन् र पृथ्वीलाई स्थिर तापक्रममा राख्दछन् यद्यपि मानविय क्रियाकलापहरू - जस्तै जीवाश्म ईन्धनहरू (पेट्रोल, डिजल) जलाउनु, सवारी साधनहरू चलाउनु, खाद्यान्न उत्पादन, वन विनाश तथा अत्यधिक खपत- ले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित गर्दछ जसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीलाई तातो बनाइ राखेको छ।
जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (Ecosystem) लाई असर गर्न सक्छ। यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने, र मानिस विस्थापित हुनुपर्ने सम्मको स्थिती निम्त्याउन सक्दछ।
हाम्रा गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा योगदान पुर्याएको कारणले हाम्रो वातावरणले कष्ट भोग्नुपरेको छ । समुद्र, भूमि, हावा, बोटबिरुवा, जनावरहरू तथा सूर्यबाट आउने उर्जा, सबैले एक अर्कालाई प्रभाव पार्छन्। पृथ्वीको जलवायु र पारिस्थितिक प्रणालीहरू - हामी सहित - एउटा ठूलो, जडान गरिएको प्रणाली जस्ता कार्यहरू गर्दछन्, जसको हामीले ख्याल राख्नु आवश्यक छ।
तर हामी सबैले कार्बन उत्सर्जनलाई काम गरेर (न्यूनीकरण भन्ने भनिन्छ) र दिगो जीवन-शैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्न सक्छौं।
यद्यपि यी कार्यहरूले सबै जलवायुका जोखिमहरूलाई रोक्न सक्दैन, तसर्थ यही कारणले सरकारहरूबाट प्रतिबद्धता र नियमहरू पनि आवश्यक छ।
कार्बन पदचिह्न ( carbon footprint) हाम्रो कार्यहरूबाट उत्पन्न भएको हरितगृह ग्याँसहरू (जस्तै; कार्बन डाइअक्साइड र मिथेन) को मात्रा हो।
विश्वव्यापी रूपमा, व्यक्तिगत औसत कार्बन फुटप्रिन्ट करिब ४ टनको रहेको छ। विश्व तापमानमा २ डिग्री सेल्सियसको वृद्धि हुनबाट रोक्न हामीले सन् २०५० सम्ममा प्रतिवर्ष औसत विश्वव्यापी कार्बन फुटप्रिन्ट २ टन भन्दा कम गर्नुपर्छ।
तीन आर सिद्धान्त - कम प्रयोग, पुनः प्रयोग र पुनः चक्र (Reduce, Reuse and Recycle) गर्नुहोस्।
हामीले दैनिक उत्पादन गर्ने फोहोरको मात्रा घटाउनका लागि स्रोत तथा संसाधनहरूको सचेत तथा उचित उपयोगलाई बढावा दिन महत्त्वपूर्ण छ। यसको मतलव अत्यधिक मात्रा वा एक-पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरू खरीद नगर्नु हो।