सप्तकोशीमा पानीको बहाव उच्च

सप्तकोशीमा पानीको बहाव उच्च
२०८२ श्रावण १९, सोमबार (१ साल अघि)

इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ ।

पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

यसैबिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएको सकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउने निर्णय समेत गरेको जनाएका हुन् ।

अन्तिम अध्यावधिक: November 21, 2025
English
  • ताजा अपडेट

    खोजी गर्नुहोस