अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु

अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु
२०८३ अषाढ ३०, मंगलबार (४ घण्टा अघि)

एजेन्सी । मे र जुन महिनामा आएका दुईवटा अत्यधिक तापलहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु भएको एक बेलायती अध्ययनले जनाएको छ ।

यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले संयुक्त रूपमा गरेको हो ।

अनुसन्धानकर्ताहरूले इङ्ग्ल्याण्ड र वेल्समा आएका दुईवटा चरम तापलहरका क्रममा र गर्मीसँग सम्बन्धित संक्रमणका कारण मृत्यु भएको अनुमान छ ।

इम्पेरियल कलेज लन्डनकी मौसम र जलवायु परिवर्तन विषयकी अनुसन्धान सहकर्मी क्लेयर बान्र्सका अनुसार बेलायत अहिले वास्तवमै खतरनाक स्तरको गर्मीको सामना गरिरहेको स्पष्ट चेतावनी दिएका छन् ।

अनुसन्धानले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले यस्तो तापलहरलाई उल्लेखनीय रूपमा तीव्र बनाएको र त्यसका कारण मृत्युको जोखिम पनि बढेको देखाएको छ ।

बान्र्सले चेतावनी दिँदै भनिन् ,‘अहिलेको तापक्रम केवल वृद्धवृद्धा वा दीर्घरोग भएका व्यक्तिहरूका लागि मात्र चिन्ताको विषय रहेन । अब सामान्य मानिसहरूको स्वास्थ्यका लागि पनि वास्तविक जोखिम बनेको छ ।’

(सीसीटीभीप्लस)

अन्तिम अध्यावधिक: July 14, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस