सव-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सव-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ श्रावण १८, सोमबार (१ मिनेट अघि)

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सिरहाको सव-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवविरूद्ध साेमबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी सम्बन्धित कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट रु. १२ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट कार्यालय प्रमुख रायले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएबापत विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै बार्गेनिङ गरी रु. १२ हजार घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएको ठहर गर्दै बिगो रु. १२ हजार कायम गरी सोही ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी सहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

अन्तिम अध्यावधिक: August 3, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस