रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
२०८३ भाद्र १२, शुक्रबार (१४ घण्टा अघि)

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ।

फेला परेका ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्।

त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ जना रहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: August 28, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस