मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने
२०८३ अषाढ १४, आईतबार (४५ मिनेट अघि)

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन् । मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन् ।

मन्त्री चौधरी जुन 29 – 30 मा हुने High Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development मा सहभागी हुने छिन् । उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ ।

यस्तै 1–3 July 2026 मा थाइल्याण्डको बैंककमा आयोजना हुने Ninth Session of the Committee on Environment and Development at the Ministerial Level कार्यक्रमहरूमा सहभागी हुने छिन् ।

उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका साझा चुनौती तथा समाधानका विषयमा नेपालको प्रतिनिधित्व चौधरीले गर्ने छिन् ।

सम्मेलनहरूमा नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे धारणा राख्ने मन्त्री चौधरीले बताएकी छिन् ।

अन्तिम अध्यावधिक: June 28, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस